|

हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। 

बिहीबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो।

बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए। हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन्। गठबन्धनसँग नेकपा (माओवादी केन्द्र) का २३,नेपाली कांग्रेसको २२,नेकपा एकीकृत समाजवादीको १३ र जसपाका १ जना सांसद छन्।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ४१,विवेकशील साझाको ३,राप्रपा र नेमकिपाको २/२ जना छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ।

सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालू आर्थिक वर्षकोभन्दा १३ अर्ब रुपैयाँले बढी छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.