|

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ संगठनलगायत समसामयिक विषयमा छलफल हुने केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।

दिउँसो १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बताइएको छ। तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ राख्ने लोसपाको तयारी छ।

नेता कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा पनि छलफल हुनेछ। त्यस्तै पार्टीको भ्रातृ संगठनको नाम तय गर्नेदेखि त्यसको नेतृत्वको बारेमा पनि बैठकमा छलफल हुने नेता कर्णले बताए।

 केही समयअघि लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विधेयकलगायतको विषयलाई समेत समेटेर ज्ञापनपत्र बुझाएको थियो। तर ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको भन्दै लोसपा असन्तुष्ट छ। सोही विषयमा पनि आज छलफल हुने लोसपाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.