|

काठमाडौं :  सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय संञ्जालको सम्लेलनमा सहभागी भएर स्वदेश फर्किँदै छन्।

सभामुख सापकोटा आइतबार साँझ काठमाडौं आइपुग्ने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व र अभियानका पक्ष राष्ट्रका संसदहरूबीचको सहकार्य अभिवृद्धिबारेसम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रलाई सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न नेपालका तर्फबाट सहयोग र ऐक्यबद्धता व्यक्त गरेका थिए।

त्यहाँ रहँदा उनले अजरबैजानका सभामुख साहिबा गफारोवा र विभिन्न देशका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गरे। सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन गत मंलगबार अजरबैजानको राजधानी बाकु गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.