|

काठमाडौं : नेकपा एमालेको सचिवालय जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। 

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल जारी रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। 

हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ।  बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताइएको छ।

केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्नेलगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.