|

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको इजाजत अनलाइनमार्फत गर्ने भएको छ। वैदेशिक रोजगारी व्यवस्थित र सुरक्षित बनाउन अनलाइनमार्फत नवीकरण गर्न लागेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

विभागले गत जेठमा एक सूचना जारी गरी म्यानपावर कम्पनीको नवीकरण अनलाइनबाट गर्ने भनेको थियो। सोही आधारमा अनलाइनबाट सेवा शुरु गर्न लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।

विभागका अनुसार इजाजतपत्र नवीकरण गर्न वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीले अनिवार्य गरेका कागजातसहित अनलाइनमार्फत निवेदन दिनुपर्नेछ। 

जसमा नवीकरण दस्तुर बुझाएको भर्पाइ, इजाजतपत्रको अगाडि पछाडिको, कम्पनी दर्ताको प्रमाणपत्र, आर्थिक वर्षको कम्पनी अध्यावधिक, गत वर्षको कर बुझाएको कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।

म्यानपावरले आव ०७७/७८ मा पूर्व श्रमस्वीकृति लिएको संख्या, अन्तिम श्रमस्वीकृति लिएको संख्या, पठाएका कामदारको संख्या, आव ०७८/७९ मा कम्तिमा एक सय जना कामदार पठाएको विवरणसमेत पेश गर्नुपर्नेछ। 

सोही आवमा लेखापरीक्षण प्रतिवेदन, कम्तीमा एक वर्ष अवधि बाँकी रहेको बैंक ग्यारेन्टीपत्रलगायत कागजपत्र पेश गरिएको कागज ठीक साँचो हो भनि प्रमाणित गरेको हुनुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.