|

काठमाडौं : पहिरोमा पुरिएर पाँचथरमा एकै घरका ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोले फालेलुङ गाउँपालिका-७ बिहीदिनका रूपलाल मगरको घर बगाएको थियो।

घरसँगै बगेका तीनैजनाको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तीमध्ये ४२ वर्षका रूपलालको शव हिजै फेला परेको थियो भने उनकी श्रीमती ४२ वर्षकी गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको डिएसपी थापाले जानकारी दिए। 

उनका अनुसार एक्साभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको हो। रूपलालको घरभन्दा करीब तीन सय मिटर माथिबाट पहिरो आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.