|

काठमाडौं : राहदानी विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं  नआउन भनेको छ। आइतबार एक सूचना जारी गर्दै  जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानी प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको  जनाएको छ। 

काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त  गर्न सक्ने विभागको भनाइ छ।

विभागका निर्देशक शरदराज आरनले भने,‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ।’

पछिल्लो तीन महिनादेखि राहदानी लिनेको संख्या बढ्दो छ।  धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरूबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागको भनाइ छ।

इमर्जेन्सी कार्यको लागि  दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा दिइरहेको विभागको भनाइ छ। दैनिक साढे ६ हजार राहदानी वितरण भएको विभागको दाबी छ। सेवाग्राही आउने समय एउटै भएकाले चाप बढेको  निर्देशक आरनको भनाइ छ।

यद्यपि, राहदानी विभागमा दैनिक रूपमा हुनुपर्ने काममा समेत अत्यन्तै ढिलासुस्ती भएको भन्दै युवा संघले आजै प्रदर्शनसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.