|
फाइल तस्बिर

काठमाडौं : देशभर एक वर्षमा विद्यालयको संख्या १ हजार ३ सय ६ ले घटेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/०७९ मा विद्यालय संख्या घटेको तथ्यांक आएको हो।

सर्वेक्षणमा २०७७ सालमा कुल निजी र सामुदायिक गरी ३५ हजार ६ सय ७४ विद्यालय थिए। ०७८ मा भने यो संख्या घटेर ३४ हजार ३ सय ६८ आइपुगेको छ। विद्यालय बन्द र समायोजन भएकाले विद्यालय संख्या घटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सर्वेक्षणको तथ्यांकअनुसार अहिले देशभर सरकारी विद्यालय २६ हजार ४ सय ५४, निजी विद्यालय ६ हजार ७ सय ६० र धार्मिक विद्यालय १ हजार १ सय ५४ रहेको विवरण छ। 

सर्वेक्षणअनुसार ०७७ मा सामुदायिक र संस्थागत विद्यालय गरी कुल ३ लाख २० हजार ५ सय ७६ जना शिक्षक रहेकोमा ०७८ मा संख्या घटेर २ लाख ८० हजार ७ सय ६५ रहेको छ। जसमध्ये पुरुष र महिला शिक्षकको अनुपात क्रमशः ६१ दशमलव ०२ प्रतिशत र ३८ दशमलव ९८ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.