|
फाइल फोटो

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाणित भए तत्काल कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरूबारे जानकारी भए अवगत गराउन सांसदहरुलाई आग्रह गरे।

मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट पारे।

उनले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी सम्वादबाट समाधान गर्नुपर्ने बताए। विश्वविद्यालयको पढाइ र शैक्षिक क्यालेन्डरलाई प्रभावित पार्न नहुने उनको भनाइ छ । त्यस्तै,उनले शिक्षाबाट उत्पादित जनशक्ति समाजमा ठिक हुने खालका उत्पादन गर्नु आवश्यक रहेको पनि बताए। 
उनले भने,‘यहाँ आइटीमा धेरैको चासो छ, आकर्षण छ,यसलाई व्यवस्थित गरि आदर्श जनशक्ति उत्पादन गर्नु आवश्यक छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.