|

काठमाडौं : काठमाडौं महानगरले शहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ। महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो।  

यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो। वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार शहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ।

पूर्व क्षेत्र ९ वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२०, पश्चिम क्षेत्र ९१३, १४, १५, १६ र १७०‚ उत्तर क्षेत्र ९१, २, ३, ४, ५, २६ र ३०० मध्य क्षेत्र ९११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९० हुन्। यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ।

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन्, ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ, रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डको सफाइमा छुट्टै समूह बनाइएको छ। यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ।’ 

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक एक जना नगरप्रहरीलाई कमाण्डर तोकिएको छ। यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटविरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.