|

काठमाडौं : रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। 

 रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए। 

थाहाखबरसँग उनले  भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ। २७ जना सवार बसमा एकजना बेपत्ता छन्।’

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए। घाइतेको अवस्था गम्भीर भएकाेले मृतककाे संख्या बढ्न सक्ने उनकाे भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.