|
फाइल फोटो

काठमाडौं : गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख अग्नि सापकोटाले औषधि तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुग्ने भन्दै प्रश्न उठाए।

त्यसपछि सभामुख सापकोटाले उपस्थित सांसदको गणना गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई आदेश दिए। त्यति गर्दा पनि गणपूरक संख्या पुगेन । 

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ। २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ सांसद उपस्थित हुनुपर्छ।

तर बैठकमा ६५ जनामात्रै उपस्थित भएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.