|

काठमाडौं : झापाका दुई सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आफ्नो संगठनबीच काँकडभिट्टामा कुनै झडप विवाद नभएको स्पष्ट पारेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठक र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड.क्वा झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो कुनै झडप विवाद नभएकाे बताएका हुन्। 

गएराति नेपाल प्रहरीले सुपारी तस्करलाई पक्राउ गरेको र  त्यहाँ  सशस्त्र बल नेपालको टोली पनि पुगेको थियो। यसअघि थाहाखबर डटकममा झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप !   भन्ने समाचारको खण्डन गर्दै उनीहरुको यस्तो स्पष्टीकरण आएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.