|

काठमाडौं : अर्थ मन्त्रालयको आधिकारिक ‘वेबसाइट’मा अर्थ सचिवको पद खाली गराइएको छ।

बिदामा गएका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्वीर मन्त्रालयको आधिकारीक वेबसाइटबाट हटाएको हो।​

मरासिनिलाई हटाउने वा सरुवा गर्ने कुनै निर्णय  भने भइ नसकेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा विचौलिया प्रवेशको विषयमा विवादमा आएपछि बुधबार प्रतिनिधिसभा बैठकबाट राजीनामाको घोषणा गरेका थिए। अर्थमन्त्रीले राजीनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै सचिव मरासिनी बिदामा बसेका थिए। 

शर्माको राजीनामा राष्ट्रपति विद्यादेवि भण्डारीले स्वीकृत गर्दै अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाले गरी तोकेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.