|

काठमाडौं : अर्थ मन्त्रालयको आधिकारिक ‘वेबसाइट’बाट हटाइएका अर्थ सचिवमा पुनः मधुकुमार मरासिनीको पदमा उनको नाम र तस्वीर राखिएको छ।

बिहीबार बिहान ११:५० सम्म हेर्दा उनको नाम हटेको थियो। हाल भने उनको नाम पुनः अपडेट गरिएको हो। बिदा बसेका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्वीर मन्त्रालयको आधिकारिक वेबसाइटबाट हटाइएको थियो। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया प्रवेशको विषयमा विवादमा आएपछि बुधबार प्रतिनिधिसभा बैठकबाट राजीनामाको घोषणा गरेका थिए।

 अर्थमन्त्रीले राजीनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै सचिव मरासिनी बिदामा बसेका थिए। शर्माको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्दै अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाले गरी तोकेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.