|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर पार्टीमा त्याग र नैतिकताको राम्रो सन्देश दिएको बताएका छन्।

आजको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘अर्थमन्त्री आफूले केही गरेको छैन भन्नुभएको छ। तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ।’

बजेट निर्माणका क्रममा प्रश्‍न उठेपछि जनार्दन शर्माले हिजो संसद्‌मा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा घोषणा गरेका थिए।

संसदमा कुरा उठिसकेपछि शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताए । अर्थमन्त्रीको विषयलाई लिएर अम जनतामा भ्रमित पार्ने र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धनलाई समेत अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भएको प्रचण्डको आरोप छ। तर, यस्तो डिजाइनलाई शर्माको त्यागले दर्बिलो जवाफ भएको  पनि उनले बताए।

पूर्व-अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय विशेष समिति बनेको छ। शर्माले आफूले समितिलाई पूर्ण सहयोग गर्ने र बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.