|

काठमाडौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानुनहरु भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्।

मन्त्री श्रेष्ठको निर्देशनमा सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रसम्बन्धी सरोकारवालहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीसम्बन्धी भएका व्यवस्थाहरुलाई समयानुकुल सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्ने बताइन्।

उनले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्नेभन्दा पनि हाल रहेका संरचनाहरुलाई पुन:संरचना गरी सशक्त बनाउने र कमजोरी हटाउने तर्फ कार्यदिशा निर्दिष्ट हुनु पर्नेमा जोड दिइन्।

विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटोभन्दा छिटो अन्तिम रुप दिन मन्त्री श्रेष्ठले आग्रह गरिन्।

कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दश वर्षे सोचपत्रमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए।

राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सदस्यहरुको उद्यमशिलता विकास गरी गरिवी निवारण गर्ने उदेश्य राखेर सहकारीका कार्यक्रमहरु बनाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.