|

काठमाडाैं : नेपाली फिल्म 'दोख' आजबाट प्रदर्शनमा आएको छ। शुक्रवारदेखि फिल्म देशभरका सिनेमा हलबाट प्रदर्शन भएको हो। अनुप बरालद्वारा निर्देशित फिल्ममा दीया मास्के, मनीष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ। फिल्ममा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। 

फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरूसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थको चित्रण गर्ने बताइन्। उनले फिल्म दोख आफूलाई राम्रो लागेको र करिब ७ वर्षअघिका कुरा पुनः दृश्यमा देख्दा फिल्ममा काम गर्दाका अनुभव पुनः स्मरण भएको बताइन्। 

त्यस्तै नायक मनीष निरौलाले फिल्म छायांकन गरेको लामो समयपछि हेर्दा सुटिङका वेलाका असहज अनुभवको स्मरण भएको बताए। अन्तिमको सिनले भावुक बनाएको बताए। 

फिल्मका निर्देशक अनुप बरालले मान्छेको मनलाई जोडेर इतिहासलाई देखाउने प्रयास गरेको बताए। एकल प्रदर्शनमा आएको ‘दोख’ले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टीप्लेक्सहरूमा पनि सुखद शोज हात पारेको छ। एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठैतद्वारा लिखित कथामा फिल्म बनेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.