|

काठमाडौं : शनिवार बिहानैदेखि देशका धेरै स्थानमा वर्षा भएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यी प्रदेशका अन्य धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।

आगामी २४ घण्टा लुम्बिनी, सुदूरपश्चिम,गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ।

देशका बाँकी भूभागमा पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.