|

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति निवास छिरेका छन्। 

बिबिसीले उल्लेख गरे अनुसार राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी राष्ट्रपति गोटबाया राजपाक्षेको सरकारी निवासमा प्रवेश गरेका हुन्। 

प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भागेर सुरक्षित ठाउँमा गएको बिबिसीले उल्लेख गरेको छ। उनी कहाँ छन् भन्नेबारे जानकारी दिइएको छैन। श्रीलंकामा बढ्दो मूल्यवृद्धि र अत्यावश्यक सामग्रीको अभाव चर्किएसँगै लामो समयदेखि विरोध प्रदर्शन भइरहेको छ। 

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। प्रहरी दमनका क्रममा ३३ जना प्रदर्शनकारी घाइते भएका छन्।

 उनीहरु राष्ट्रपति राजपाक्षेको राजीनामा माग गर्दै आएका छन्। प्रदर्शनमा भाग लिन देशका विभिन्न भागबाट मानिसहरु राजधानी कोलम्बो पुगेका छन्।

प्रदर्शनकारी रोक्न प्रहरीले कर्फ्यु पनि लगाएको थियो । श्रीलंका लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा पेट्रोलियम पदार्थ, खानेपानी र अत्याबश्यक सामान तथा औषधी अभाव बढ्दै गएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.