|

काठमाडौं : इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि हात पारेकी छन्। 

गएराति भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन्।  १७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गरिन्। २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन्। ​

राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन्।  पुरुषतर्फको उपाधिका लागि आज नोभाक जोकोभिक र निक किग्रियोस् भिड्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.