|

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। 

पछिल्लो विवरण अनुसार ७ हजार पाँच सय १७ मत गणना हुँदा रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन्। प्रमुखका अर्का प्रत्यासी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत पाएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। 

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का ३ हजार ७५३ मतका साथ अगाडि छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ पछ्याइरहेकी छन्।

निर्वाचन अधिकृत कडायतका अनुसार बूढीगंगाका ८ वटा वडाको अन्तिम मत परिणाम आइसकेको छ।  वडा नम्बर १, २, ३, ९, र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४,७ र ८ मा कांग्रेस उम्मेदवारले जितेका छन्।  

अहिले वडानम्बर ५ र ६ को मतगणना चलिरहेको छ। १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.