|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार पनि स्थगित भएको छ। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि बैठक स्थगित भएको हो।

सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले बजेट संशोधन हुनुपर्ने माग गरेका छन्। उनीहरुले संशोधनको माग राख्दै बजेटमाथिको छलफल समेत अस्वीकार गरेका थिए।

त्यसक्रममा सत्तारुढ दलकै सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की समेत भएको छ। परामर्श समितिमै सहमति नजुटेपछि आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो।

सत्तारुढ दलकै सांसदहरुले गत असार १ गते अर्थमन्त्री रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेट संशोधनको माग गरेपछि अहिलेसम्म प्रदेशसभा बैठक बस्न सकेको छैन। असार मसान्तभित्र अगामी वर्षको बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका कारणले समय घर्किँदै गएपछि अर्थमन्त्री र सरकार दबाबमा परेका छन्।

जसरी पनि बजेट पारित गर्ने रणनीति लिएको प्रदेश सरकार सत्तारुढ दलकै सांसदको विरोधका कारण सकसमा परेको छ। अहिले सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बजेटमा व्यापक त्रुटी भएको भन्दै विरोध गर्न थालेपछि सरकार सकसमा परेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.