|

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ।

आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको खेलमा नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो। 

यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो। नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर  । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ। १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ। नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्ने दाउमा छ।​ नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। सिरिजको पहिलो खेलमा हिजो नामिबिया स्कटल्याण्डसँग ७७ रनले पराजित भएको थियो।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.