|

काठमाडौं : भारत र इंग्ल्यान्डबीच जारी तीन खेलको टी-२० सिरिजको अन्तिम खेलमा इंग्ल्यान्डले १७ रनको जित निकालेको छ।

अघिल्ला दुई टी-२० मा लगातार जित निकालेको भारत सिरिज क्लिन स्वीपको लक्ष्यमा रहे पनि सफल हुन सकेन्। समग्रमा सिरिजमा भारतले २-१ ले कब्जा गर्‍यो।

भारतका लागि सूर्यकुमार यादवले विष्फोटक शतक प्रहार गरेपनि भारत पराजित भयो। पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि डेविड मलानले सर्वाधिक ७७ रन बनाए। त्यस्तै लियम लिभिस्टीङले ४२ रनको अविजित इनिङ खेले। इंग्ल्यान्डका लागि ज्यासन रोयले २७ रन बनाउँदा जोस बटलरले १८ रन बनाएका थिए। त्यस्तै ह्उरी ब्रुकले १९ रन बनाउँदा क्रिस जोर्डनले ११ रन जोडेका थिए। भारतका लागि हर्षल पटेल र रवि विश्वईले २-२ विकेट लिएका थिए।

२ सय १६ रनको लक्ष्य पछ्याएको भारतका लागि सूर्यकुमार यादवले ५५ बलमा १४ चौका र ६ छक्काको सहयोगमा १ सय १७ रनको शानदार शतकीय इनिङमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन मात्रै बनाउन सक्यो।

उनी बाहेक श्रेयस अय्यरले २८ रन बनाउनु सर्वाधिक रह्ययो। अन्य कुनैपनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। कप्तान रोहित शर्मा  र विराट कोहली समान ११-११ रन बनाएर आउट भएका थिए। इंग्ल्यान्डका लागि रिसी टोप्लीले ३ विकेट लिँदा डेभिड विली र क्रिस जोर्डनले २-२ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.