|

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ। प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत २३ औँ बैठकबाट बजेट पारित भएको हो।

आइतबार र सोमबार बजेटमाथि उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिएसँगै अन्तिममा मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि जवाफ दिएका थिए।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए। गत असार १ गते अर्थमन्त्री विष्टले आगामी आव ०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६३ हजार बजेट प्रस्तुत गरेका थिए।

जसमध्ये पूँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत छुट्याइएको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत छुट्याइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.