तत्काल २०० विद्यार्थी जाने वातावरण बनाउने वचन

|

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।

भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र एकीकृत समाजवादी पार्टीबीचको सम्बन्धका बारेमा कुराकानी भएको नेता खनालले जानकारी दिएका छन्। बानेश्वरको एक होटेलमा भएको भेटमा सीसीपीका प्रवक्ता लिउले नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिएको खनालले बताए। आफूहरूले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको खनालको भनाइ छ।

त्यसैगरी आफूहरूले चीनमा अध्ययनरत विद्यार्थी लामो समयदेखि जान नपाउँदा पढाइ प्रभावित भएकोतर्फ ध्यानाकर्षण गराएपछि लिउले तत्काल २०० विद्यार्थी जाने वातावरण बनाउने वचन दिएको पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले थाहा खबरलाई बताए। यसअघि आज बिहान लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

उनले हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए। लिउले भोलि राष्ट्रपति भण्डारीसँग भेट गरेपछि चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम छ। चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका लिउले पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.