|

काठमाडौं : आईसीसी  विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ। 

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो।

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

सिरिज अन्तर्गत नेपालले तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.