|

काठमाडौं : पाँचदलीय गठबन्धनमा प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले लिने सहमति भएको छ। माओवादी केन्द्रका तर्फबाट सभामुख भएकाले उपसभामुखमा कांग्रेसले लिने पक्कापक्की भएको हो। 

गठबन्धनबाटै उपसभामुख लिने सहमति भएकाले स्वाभाविक रुपमै कांग्रेस हकदार भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए। 

उनले भने, ‘उपसभामुख हामीले लिने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको छ। औपचारिक रुपमा गठबन्धनमा बसेर टुंग्याउन बाँकी छ। संवैधानिक व्यवस्थाअनुसार विगतको सरकारले पटक पटक संसद विघटन गरेको कारणले निर्वाचन र नीति तथा कार्यक्रम, बजेटलगायत कारणले अलमलिएको कारणले अहिले गर्न लागेका हौँ।’

अब छिट्टै राष्ट्रियसभाको उपाध्यक्ष नियुक्ति हुने उनले बताए। कांग्रेसको तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाललाई अघि सार्ने तयारी भएको बुझिएको छ। 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख खाली थियो। 

नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

उपसभामुखको निर्वाचन असार ३० गते हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.