|

बैतडी : भीरबाट लडेर  बैतडीमा आज एक किशोरको मृत्यु भएको छ। मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

बोहरा निङ्लाशैनी मावि देहिमाण्डौमा कक्षा १२ मा अध्ययनरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.