|

बैतडी : अनेरास्ववियू बैतडीको अध्यक्षमा नरेन्द्र साउद सर्वसम्मत चयन भएका छन्।

सदरमुकाममा सम्पन्न भएको अनेरास्ववियुको १२ औं जिल्ला अधिवेशनले साउदको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो। 

कमिटीको उपाध्यक्षमा रामसिंह माल, सचिवमा प्रेमसिंह कार्की, कोषाध्यक्षमा हेमन्ती बोहरा  र सहसचिवमा महादेव तिवारी र सञ्जु भण्डारी लगायतका सदस्य चयन भएका छन्। 

अधिवेशन उद्घाटनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा बैतडीबाट संघिय सांसद दामोदर भण्डारी, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालको उपस्थित थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.