|

काठमाडौं : गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन्।   युरोपेली सेन्ट्रल बैंकका पूर्व प्रमुखसमेत रहेका ड्रघीले इटलीमा २०२१ को फेब्रुअरीदेखि सत्ताको नेतृत्व गरेका थिए।  ​

राजीनामासँगैको एउटा विज्ञप्तिमा ड्रघीले गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन्।  तर राष्ट्रपतिले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन्।  

राष्ट्रपति सर्जियो मटेरेलाले ड्रघीलाई कोभिडले आक्रान्त बनेको इटलीलाई माथि उठाउन र शान्ति सुव्यवस्था कायम गर्न भन्दै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

प्रधानमन्त्रीबाट राजीनामा दिएका ड्रघी आगामी बुधबार संसदमा उपस्थित भएर आफ्ना कुरा भन्ने र त्यसपछि पुनः सरकारमा रहने वा छोड्ने भन्ने कुराको निधो हुने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.