|

काठमाडौं :  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो। भेटमा मेयर बनेका हर्कलाई रविले बधाई दिएका थिए भने हर्कले नयाँ पार्टी गठन गरेका लामिछानेलाई आगामी दिनमा सफलताको कामना गरेका थिए। 

लामिछाने पार्टी निर्माणका लागि देश दौडाहामा रहेका छन्। यतिखेर उनी सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.