|

काठमाडौं : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। 

मोदीसँगको भेटमा प्रचण्डले दुई देशबीचको आपसी सम्बन्धमा विषयमा कुराकानी गर्ने बताइएको छ। प्रचण्डको सचिवालयका अनुसार आज बिहान मोदीसँग ब्रेकफास्टसहित भेटवार्ताको तयारी छ। त्यसपछि प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रममा छ। 

भाजपा मुख्यालयमा हुने भेटवार्तामा विदेश विभाग प्रमुख विजय चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी हुनेछन्। भ्रमणको दोस्रो दिन हिजो प्रचण्ड फाउण्डेशन फर पब्लिक अवारनेस एण्ड पोलेसीले नयाँ दिल्लीमा गरेको कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका थिए। 

प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि हिजै भेटवार्ता भएको थियो। भेटमा दुई छिमेकी देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र विशेषगरी आर्थिक सहकार्य गर्नेबारेमा छलफल भएको जयशंकरले बताएका छन्। प्रचण्ड आजै साँझ स्वदेश फर्कनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.