|

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

बुढा बीउबिजन सामग्रीको रकम भुक्तानीबापत कमिशनकाे ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरले जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुम्बाङ्गका अनुसार घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.