|

काठमाडौं :   भारतमा  आज  राष्ट्रपति चयनका लागि  निर्वाचन हुँदै छ। भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचनका लागि  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले  आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। ​ ​ मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन्। आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ।

यस्तै उपराष्ट्रपतिका लागि विपक्षी कांग्रेसले मार्गरेट अल्वालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ भने सत्तारुढ भाजपाले जगदीप धनखडलाई उम्मेदवार बनाएको छ। 

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ। मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ।

राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि त्यहाँको निर्वाचन आयोगले जनाएको छ।  

चुनावमा के के हुन्छ

२९ जुलाईमा नामांकन, १८ जुलाईमा मतदान र २१ जुलाईमा नतिजा

राष्ट्रपति चुनावमा  कुल  मतभार १०,८०,१३१. यसमा ५,४०,०६५  भन्दा धेरै  ल्याउने विजयी हुने। 

७३७ सांसद (लोकसभा, ५४०, २२७ राज्यसभा), चार हजार ३३ विधायकले राष्ट्रपतिलाई भोट हाल्न पाउने। हर सांसदको मतभार  ७०० अर्थात् ३,१३,६०० । 

विधायकको भोट भने राज्यको जनसंख्या र विधायकको संख्या अनुसार तय हुने,  युपीमा एक विधायकको मतभार २०८ र सिक्किममा ७ मात्रै । 

जम्मा ४०३३ विधायकको मतभार ५  लाख ४३ हजार २३१। कुल मतभार १० लाख ८० हजार १३१ हुन् आउँछ, त्यसको ५० प्रतिशत अर्थात् ५ लाख ४० हजार ६५ ल्याउने उम्मेदवार विजयी हुने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.