|

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन्।

सरकारले गरेको आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई गरेको भन्दै पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए।अन्तत पटक पटक गरी सर्वोच्चले उनको मुद्दा हेरेर अन्त्यमा खारेज गरिदिएको थियो।

पोखरेलको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय र गृहबाट मन्त्रिपरिषदमा पेश हुनेछ। एआइजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ। उनले यही साउन २० गतेबाट अनिवार्य अवकाश पाउँदै थिए। अनिवार्य अवकाश पाउनुभन्दा एकमहिना अघिदेखि नै बिदा बस्ने नियमअनुसार उनी बिदामा थिए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.