|

काठमाडौं : कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ। 

यो अवधिमा ४८ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। 

यसैगरी छिमेकी मुलुक भारतमा बितेको २४ घण्टामा १६ हजार ९३५ जना कोरोना सङ्क्रमित फेला परेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट भारतमा ५१ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.