|

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले गरेको आमरण अनसन सोमबार सातौँ दिनमा अन्त्य भएको छ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले गत असार २८ गतेदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए।

सोमबार विश्वविद्यालयको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि पराजुली र पन्तले अनशन तोडिएको जानकारी दिए।

उनका अनुसार दुई पक्षबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगीक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ।

यस्तै, विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेतृत्वसँग स्ववियु निर्वाचनका सन्दर्भमा भदौ मसान्तसम्म छलफल गर्ने पनि सहमति भएको छ। परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा कसुर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी कार्यविधि तयार गर्ने पनि सहमति बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.