क्वाटरफाइनल समीकरण पूरा

|

काठमाडौं  : महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। 

आज विहान भएको  समूह डीको खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। बेल्जियम दोस्रो पटक युरो कप खेलिरहेको छ। 

बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्‍याएकी हुन्। योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो। सेमिफाइनल प्रवेशका लागि बेल्जियमले २२ जुलाईमा स्विडेनको सामना गर्नेछ। 

बेल्जियमसँगै इंग्ल्याण्ड, स्पेन, जर्मनी, अष्ट्रिया, स्वीडेन, फ्रान्स र नेदरल्याण्डले अन्तिम आठमा स्थान बनाएका छन्।  क्वाटरफाइनलको पहिले खेलमा भोलि आयोजक इंग्ल्याण्ड स्पेनसँग खेल्ने छ। यस्तै जर्मनी र अष्ट्रियाबीचको खेल बुधबार हुने छ। त्यस्तै फ्रान्सले नेदरल्यान्डसँग २३ जुलाईमा खेल्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.