|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो। जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई पार्टी पुनर्गठनको तयारीमा छन्।

भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु  एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो । 

भेटपछि पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनकै विषयमा छलफल भएको बताए। नेता भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको उनको भनाइ छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.