|

काठमाडौं : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रका संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल जारी छ। 

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम सहभागी छन्।

यसअघि पनि यी पाँच नेताबीच छलफल भएको थियो। आजै मात्र प्रचण्डले जनता समाजवादी पार्टी जसपाबाट कारबाहीमा परेका  डा. बाबुराम भट्टराईसँग भेटेका थिए। यी नेताहरुबीच समाजवादी केन्द्र निर्माणको बिषयमा छलफल भएको बुझिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.