|

काठमाडौं : र्‍याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ।

मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन)लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन्।

शोका जज समेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन्।

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको छ। यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरूले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो। कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फर्स्ट र्‍याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताए।

यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुशी लागेको उनको भनाइ थियो। अहिले प्रदान गरिएको श्रीपेच अन्तरराष्ट्रिय हिपहपहरूले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.