|

सुर्खेत : अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको भन्दै कर्णाली प्रदेशसभामा आजको बैठकमा नेकपा  माओवादी केन्द्रले कर्णाली सरकारको विरोध गरेको छ।

‘सरकार र प्रदेशसभामा हाम्रो दलका कामहरूलाई पूर्ण रुपमा असहयोग गरेको पाइएको छ‚’ प्रदेशसभा सदस्य गोपाल शर्माले आरोप लगाए‚ ‘घाइते र अपांगलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोतसाधन समितिलाई पूर्णता दिने कामसमेत बीचमै अलपत्र पारिएको छ।’

माओवादीको भागमा परेका सबै काममा असहयोग गर्ने र माथिको आदेश भन्दै सचिवालयमा दर्तासमेत गर्न अस्वीकार गरेको भन्दै शर्माले आफूहरूले उठाएका कुराहरूको जवाफ नदिउन्जेल सदनमा उपस्थित नहुने बताए। सरकार र सदनमा माओवादीलाई निषेध गर्न खोजिएका कारण आफूहरू सदनमा सहभागी हुन नसक्ने उनले बताए।

सरकार र सदनमा समेत नियमविपरीत कामहरू भइरहेको भन्दै उनले कांग्रेस एक्लै हिँड्न खोजेको आरोप लगाए। माओवादीको संसदीय दलको कार्यालयसमेत नभएको भन्दै सरकारलाई प्रश्न गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.