|

काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थसचिवहरूसँग छलफल गर्दैछ।

बुधबार पूर्व अर्थसचिवहरूलाई छलफलमा बोलाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। बिहान बस्ने  बैठकमा पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाइएको छ।

मंगलबारको बैठकले सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको थियो। समितिले पूर्व अर्थमन्त्री शर्मालाई पनि बयानका लागि बोलाउने निर्णय गरेको छ।

सचिव अर्यालका अनुसार समय मिले बुधबार नभए बिहीबार शर्मासँग बयान लिने तयारी गरिएको छ। बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो।

असार २२ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका थिए। छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.