|

काठमाडौं : कर्णाली प्रदेशसभाको अवरोध हटाउन आज सर्वदलीय बैठक बस्ने भएको छ। 

नेकपा माओवादी केन्द्रले मंगलबार संसद बैठक बहिस्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक डाकिएको हो। 

सभामुख राजबहादुर शाहीले दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रदेशसभा सचिव जीवराज बुढाथोकीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार बैठक संसद् भवनमा बस्नेछ।

सत्ता साझेदार दलले नै संसद बहिस्कार गरेपछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको हो। मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरूले उठाएको विषयमा गम्भीर नभएको भन्दै माओवादी सांसदहरूले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.