|

काठमाडौं : मंसिर ९ गतेदेखि नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ। मंसिर ९ गतेदेखि १६ गतेसम्म काठमाडौंको मण्डला थिएटरमा महोत्सव आयोजना हुन लागेको हो।

मंसिरमा हुने महोत्सवका लागि आवेदन खुलेको छ। महोत्सवमा भाग लिन चाहने रंगकर्मी तथा नाट्य समूहले साउन १३ गतेसम्म आफ्नो प्रस्तुति पठाउनुपर्नेछ।महोत्सवमा अघिल्लो संस्करणमा जस्तै थिएटरसँग सम्बन्धित नाटक, सांगीतिक प्रस्तुति, डिस्कोर्स लगायतका कार्यक्रम हुनेछन्। ‘सामाजिक रूपान्तरणका लागि थिएटरः विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा देश तथा विदेशका प्रस्तुति रहनेछन्।

तीन वर्षअघि महोत्सवको पहिलो संस्करण आयोजना भएको थियो। कोरोनाका कारण बीचमा महोत्सव आयोजना हुन नसकेकोमा कोरोनाको प्रभाव कम भएसँगै फेरि महोत्सव आयोजना हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.