|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले जनताका वास्तविक पीडा बोल्दा आफूलाई उडाइएको बताएका छन्। 

बजार भाउ अचाक्ली बढेको भन्दै ज्ञवालीले आफूले त्यसैलाई इंगित गरेर बोल्दा पुरानो फोटो राखेर ट्रोल बनाइएको बताए। 

उनले केही दिनअघि एउटा कार्यक्रममा अहिले अचाक्ली मूल्यवृद्धि भएको र आफू पूर्वमन्त्री र सांसदजस्तो मान्छेले पनि एक छाकमा दुई थरी तरकारी खान नसक्ने अवस्था आएको बताएका थिए। त्यसैलाई ट्रोल बनाएर उनले अमेरिकामा खाना खाइरहेको तस्वीर सामाजिक संजालमा भाइरल गराइएको थियो।

‘मैले अमेरिकामा खाना खाइरहेको फोटो राखेर दुई थरी तरकारीको कुरा राखेर ट्रोल बनाइयो। यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ। सस्तो होस्।’ प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै ज्ञवालीले भने, ‘तर विषयान्तर गरेर मूल्य नियन्त्रण हुन्छ र। यो विषय प्रतिपक्षको मात्रै हो त?’

सरकारले मूल्य नियन्त्रणका अनेक उपायहरु अवलम्वन गर्न सक्ने तर त्यसतर्फ ध्यान नदिएको बताए।

'बजार अनुगमन गर्ने, कालोबजारीलाई कारबाही गर्ने, सुपथ मूल्यका पसल सञ्चालन गर्ने, गरिब परिवारलाई राहत दिनतर्फ ख्याल गर्नुपर्ने हो तर त्यसो गरिएको छैन', उनले भने, यहाँ हतियार किन्न पैसा हुन्छ, किसानलाई मल र विद्यार्थीलाई पुस्तक दिन पैसा हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.