|

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा अहिले सर्वदलीय छलफल चलिरहेको छ।  प्रदेशसभा बाहिर किरात राई यायोक्खा भने बाहिर साकेला नाचिरहेका छन्।

पहिचानका आधारमा अर्थात् ‘किरात प्रदेश’  नाम राख्न माग गर्दै साकेला नाचेको  किरात राई यायोक्खाकी नगर अध्यक्ष विष्णु राईले बताइन्।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि सहजीकरण गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी छन्। यही अधिवेशनमा दलहरू प्रदेशको नाम राख्न गृहकार्यमा जुटिरहेका छन्। तर कार्यकाल सकिन लागिसक्दा पनि ७ प्रदेशमध्ये प्रदेश १ ले अझै नाम जुराउन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.