|

पोखरा :  गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले बिपीका विचारलाई अनुसरण गर्दै कांग्रेस अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

४० औं बिपी स्मृति दिवसका अवसरमा पोखरा महानगर समितिले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा उनले बिपी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अनुयायी भएकाले बिपीको कार्यलाई अनुसरण गर्दै अगाडि बढेमात्र सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्।

बिपीलाई एक दिन मात्र सम्झेर नहुने र ३६५ दिन नै बिपीका सिद्धान्तलाई टेकेर नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने आवश्यकतालाई मन्त्री थापाले औंल्याएका छन्।

स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई समिक्षा गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा कांग्रेसलाई जिताउन सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे।

मन्त्री थापाले नेपाली कांग्रेस पोखरा महानगर समितिले गरेका कार्यक्रमको प्रशंसा गरेका छन्। कार्यक्रममा बोल्दै नेपाल कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला ‘मधु’ ले बिपीले सँधै ग्रामीणमुखी विकास नै समाजवाद भएको भन्ने गरेको र बिपी कै कारण नैसर्गिक अधिकार प्राप्त भएको उल्लेख गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.